मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
बोस्टन   

एनआरएनए अमेरिकाले बोस्टनमा महिला सम्मेलन गर्ने

एनआरएनए अमेरिकाले बोस्टनमा महिला सम्मेलन गर्ने


गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाले म्यासाच्युसेट्स राज्यको बोस्टनमा महिला सम्मेलन-२०२४ (Women’s conference-2024) गर्ने भएको छ। ‘आफूमा विश्वास गर(Believe in yourself) !’ भन्ने मूल नाराका साथ हुनगइरहेको उक्त महिला सम्मेलन-२०२४ एनआरएनए, एनसिसि, अमेरिका अन्तर्गतको महिला विभागले आयोजना गर्न लागेको हो।

विशेषत: युवा र नारी सशक्तिकरणमा केन्द्रिकृत भएर आयोजना गर्न लागिएको उक्त सम्मेलन, यही आउदो अक्टोबर १६ तारिख शनिबारका दिन बोस्टनको 50 Vassar St., Cambridge, 02139 स्थित म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी(एमआइटी)को ३४ नंबर भवनमा हुनगइरहको छ।

एनआरएनए, एनसिसि, अमेरिकाकी महिला उपाध्यक्ष सुनिता सापकोटा कंडेलले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनारी दिएकी छिन्।आयोजना गर्न लागिएको सम्मेलनबाट व्यक्ति भित्र रहेको शक्ति, लचकता र सम्भावनालाई उजागर गर्न मद्दत पुग्नुको साथै युवा तथा नारी सशक्तिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने उपाध्यक्ष कंडेलले जिकिर गरेकी छिन्। उनले दिएको जानकारी अनुसार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चान हुने सम्मेलनमा, घरेलु हिंसा, अध्यागमन मुद्दा र जानकारी, आत्महत्या, मानसिक स्वास्थ्य तथा पदार्थ दुरुपयोग सचेतना, लैङ्गिक समानता तथा सशक्तिकरण विषयहरुमा विषय विज्ञहरुले तथ्यमा आधारित सूचनाहरुसहित महत्वपूर्ण जानकारी दिने भएका छन्।

सम्मेलनका क्रममा समुदायसंग विशेष सरोकार राख्ने विषयहरुमा सामुदायिक छलफल गर्ने सत्र पनि रहेको कुरा महिला उपाध्यक्ष कंडेलले बताइन्। उनले दिएको जानकारी अनुसार, सम्मेलनमा अमेरिकामा रहेका प्रवासी नेपालीहरुका चुनौती र अवसर, बाल्यकाल यौन दुर्व्यवहारका घटना र त्यसको रोकथाम, नेपाली समुदायको दोश्रो पुस्ताको चुनौती र सफलता, अमेरिकामा प्रवासी नेपाली महिलाहरुको सफलताका कथाहरुलगायत मुद्दाहरुलाई प्राथमिकताका साथ चिरफार गर्ने प्रयास गरिने भएको छ।

उक्त वृहत् सम्मेलनमा सहभागी भइदिन महिला उपाध्यक्ष कंडेलले नेपाली समुदायलाई विशेष अनुरोधसमेत गरेकी छिन्। हरेक दुइ वर्षमा एक पटक आयोजना गर्ने गरिएको यस्तो खाले सम्मेलनबाट प्रवासी नेपालीहरुको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुग्ने उनले दाबी गरेकी छन्।