मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्युयोर्क   

नागरिकता खोई अभियानले भन्यो प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्रीलाई अमेरिकामा स्वागत नगर्नुहोस

नागरिकता खोई अभियानले भन्यो प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्रीलाई अमेरिकामा स्वागत नगर्नुहोस


न्युयोर्क (अमेरिका)- अमेरिका आउन लागेका प्रधानमन्त्ती केपी शर्मा ओली लगायत सरकारका मन्त्रीलाई अमेरिकामा खादा माला फुल लगाएर स्वागत नगर्न नागरिकता खोई अभियानले अमेरिका वस्ने नेपाली समुदायसंग आग्रह गरेको छ ।

हाल सत्तामा रहेका राजनीतिक पार्टीले नागरिकताको निरन्तरलाई वेवास्ता गरेर कंही काम नलाग्ने एनआरएन नागरिकता दिएकाले यसको विरोध स्वरुप उहांहरुलाई अमेरिका भ्रमणमा स्वागत नगर्न हामी आग्रह गर्छौ नागरिकता खोई अभियानका वासु घिमिरेले भने ।

प्रधानमन्त्री ओली लगायत सरकारका वरिष्ठ पदाधिकारीहरु एक साता पछि अमेरिका आउने कार्यक्रम छ । राष्ट्र संघका भेलामा सहभागी हुन प्रधानमन्त्री अमेरिका आउन लागेका हुन् ।

हाल सत्तारुढ राजनीति पार्टीले वाध्यतावश विदेश वसेर त्यहांको नागरिकता लिएका नेपालीलाई विदेशी वनाएका छन् हामी नेपालीनै हुन पाउं भन्दा हाम्रो माग सुनुवाई भएको छैन घिमिरेले भने विदेश नागरिकको हैषियत वनाउनेलाई हामीले कुन आधारमा स्वागत गर्ने ?

प्रधानमन्त्री वा सरकारका पदाधिकारलाई भेट्ने मौका मिले किन नागरिकताको निरन्तरता भएन भन्ने प्रश्न गर्न पनि नागरिकता खोई अभियान आग्रह गर्छ घिमिरेले भने । उहांहरुका कारणले हामी र हाम्रा छोरा छोरीहरु विदेशी नागरिक हुनपरेको होइन र घिमिरेले भने विदेशी नागरिक हुदां विदेशी प्रधानमन्त्रीलाई कुन आधारमा स्वागत गर्ने ।

हामीलाई नेपाली नागरिक नै हुन दिनुहोस हामी तपाईहरुलाई ठुलो संख्यामा आएर खादा र माला सहित स्वागत गर्छौ हामीले यस्तो गर्न पाउं तपाईहरुले यो मौका दिनुहोस भन्ने चाहना हो उनले भने ।

नागरिकता खोई अभियानले एक बर्ष यता विदेशमा काम गर्दा सजिलोका लागि त्यहांका नागरिकता लिएका नेपालीका लागि नागरिकताको निरन्तरताका लागि विभिन्न पहल गरिरहेको छ ।

केही महिना देखी नेपाल सरकारले विदेशमा वस्ने नेपालीलाई गैर आवासिय नेपाली नागरिकता प्रदान गरेको थियो । एनआरएन नागरिकता लिनेले भोट हाल्ने लगायत राजनीतिक अधिकार पाउंदैनन् । अरु सवै आर्थिक र सामाजिक अधिकार दिने भनिएपनि त्यो कार्यान्वयन भएको छैन । हाम्रो माग त विना कुनै शर्त नेपाली नागरिकताको निरन्तरता हुनुपर्छ भन्ने हो घिमिरेले भने यो हामीले मागी रहनुपर्ने विषय पनि होइन, आफ्नो नागरिकलाई किन विदेशी वनाउने भनेर स्वत दिनु पर्ने विषय हो ।

नागरिकताको निरन्तरता नहुदां नेपालले ठुलो आर्थिक लाभ पनि गुमाईरहेको घिमिरेले वताए । नागरिकताको निरन्तरता गर्दा अहिले भन्दा निकै गुना वढी रेमिट्यान्स नेपाल भित्रिने छ र करिव २० लाख रोजगारीका अवसर सृजना हुने छन् उनले भने ।

यो पनि पढ्नुहोस