मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
खेलकुद   
टेक्सस   

ड्यालस मन्दिरमा सोमपालको घटनाको यर्थाथ (भिडियो रिपोर्ट)

ड्यालस मन्दिरमा सोमपालको घटनाको यर्थाथ (भिडियो रिपोर्ट)

हल्ला कसरी आयो? परराष्ट्र मन्त्रालयको चासो!


टेक्सस (अमेरिका)- नेपालको परराष्ट्र मन्त्रालयले टी २० विश्वकप क्रिकेटमा भाग लिन आएका खेलाडी सोमपाल कामीका बारेमा ड्यालस टेक्ससस्थित नेपाली मन्दिरको पूजासंग जोडिएर आएका हल्लाप्रति चासो देखाएको छ ।

अरु खेलाडी भन्दा पहिले मन्दिर पुगेका सोमपालले मन्दिरको प्रचलन अनुसार पहिले नै पूजा गरेर पूजारीवाट टीका लगाएका थिए । त्यस बेला त्यहाँ पत्रकार लगायत अन्य खेलाडी नपुगेकाले यसको भिडियो र फोटो खिच्न पाएनन् । पछि अन्य खेलाडीले पूजा-आजा गर्दा सोमपाल भने पहिले नै पूजा गरिसकेकाले अलग बसेका थिए । यो भिडियो र फोटोका कारण उनको थरसंग जोडेर विभिन्न हल्ला चलाईएको थियो ।

यस बारेमा वुधवार परराष्ट्र मन्त्रालयले अमेरिकास्थित नेपाली दूतावाससंग घटनाको विवरण माग गरेको हो । वासिंङ्गटन डिसीस्थित नेपाली दूतावासले अहिले तथ्य सङ्कलन गरिररहेको छ । नेपालले ड्यालसमा निदरल्याण्ड्ससंग टि-ट्वान्टी म्याच खेल्नु अघि नेपाली खेलाडी मन्दिरमा दर्शन गर्न पुगेका थिए । उक्त नेपाली मन्दिरका अध्यक्ष सिता सापकोटा बस्नेतले यस्तो अनर्गल हल्ला चल्नु दुर्भाग्यपूर्ण भएको बताएकीछन्। हुँदै नभएको हल्ला चलाईएकाले मन्दिरका पूजारी र अभियन्ताहरुले आफूहरु दुखी भएको बताएकाछन् ।

यस बारेमा नेपाल क्रिकेट एशोसियशनले भने कुनै प्रतिकृया दिएको छैन । विवाद आएपछि सोमपालले पूजा गर्दा टीका लगाएको फोटो र भिडियो पनि सार्वजनिक भएको छ । यो गतल हल्ला कसले र के उद्देश्यले चलायो यसको पनि खोजी भईरहेको छ । नेपाल भित्र बेलाबखत देखिने साम्प्रदायिक विद्वेष फैलाउने अराजक गतिविधि अमेरिकामा समेत हुनु दुखद हो। सामाजिक संजालको दुरूपयोग गरेर प्रवासको सामाजिक सद्भाव भड्काउन खोज्नेलाई कार्बाहीको दायरामा ल्याउनु पर्ने टेक्ससका नेपालीहरुको माग रहेको छ।

सोमपालको घटना के हो जस्ताको तस्तै (नेपाली मन्दिरको सर्भिलेन्स भिडियो रिपोर्ट):

शेयर गर्नुहोस:

3.9k
Shares