मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

झापाली समाजमा न्यौपाने

झापाली समाजमा न्यौपाने

आउँदो बैठकले उपाध्यक्ष लगायत महत्वपूर्ण पदमा मनोनयन गर्ने र संस्थालाई पूर्णता दिने अध्यक्ष न्यौपानेले बताए ।

टेक्सस (अमेरिका) । झापाली समाज टेक्ससको नेतृत्वमा भुपेन्द्र न्यौपाने आएका छन् ।

आइतबार टेक्ससको अर्भिंगमा भएको समाजको तेस्रो अधिवेशनले न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । झण्डै एक दशकदेखि अमेरिकामा रहँदै आएका न्यौपाने सामाजीक गतिविधि र सांगितीक क्षेत्रमा निकै सकृय छन् ।

Advertisement

नयाँ कार्य समितिको सचिवमा सन्तोष खड्का र कोषाध्यक्षमा लक्ष्मी ढुंगाना चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रोशन विमली, मनोज राई, अभिषेक राई, शुलभ विमली, गोपाल गड्तौला, बिकेन्द्र बोहोरा, विप्लब कटुवाल चयन भएका छन् ।

आउँदो बैठकले उपाध्यक्ष लगायत महत्वपूर्ण पदमा मनोनयन गर्ने र संस्थालाई पूर्णता दिने अध्यक्ष न्यौपानेले बताए । संसारभरि छरिएका झापालीहरुबीच एकता र झापाको विकासमा सहयोग गर्ने संस्थाको मुख्य उद्देश्य रहेको छ ।

शेयर गर्नुहोस:

5.9k
Shares