मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस

झापाली समाजमा न्यौपाने

झापाली समाजमा न्यौपाने

आउँदो बैठकले उपाध्यक्ष लगायत महत्वपूर्ण पदमा मनोनयन गर्ने र संस्थालाई पूर्णता दिने अध्यक्ष न्यौपानेले बताए ।

टेक्सस (अमेरिका) । झापाली समाज टेक्ससको नेतृत्वमा भुपेन्द्र न्यौपाने आएका छन् ।

आइतबार टेक्ससको अर्भिंगमा भएको समाजको तेस्रो अधिवेशनले न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । झण्डै एक दशकदेखि अमेरिकामा रहँदै आएका न्यौपाने सामाजीक गतिविधि र सांगितीक क्षेत्रमा निकै सकृय छन् ।

Advertisement

नयाँ कार्य समितिको सचिवमा सन्तोष खड्का र कोषाध्यक्षमा लक्ष्मी ढुंगाना चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रोशन विमली, मनोज राई, अभिषेक राई, शुलभ विमली, गोपाल गड्तौला, बिकेन्द्र बोहोरा, विप्लब कटुवाल चयन भएका छन् ।

आउँदो बैठकले उपाध्यक्ष लगायत महत्वपूर्ण पदमा मनोनयन गर्ने र संस्थालाई पूर्णता दिने अध्यक्ष न्यौपानेले बताए । संसारभरि छरिएका झापालीहरुबीच एकता र झापाको विकासमा सहयोग गर्ने संस्थाको मुख्य उद्देश्य रहेको छ ।

शेयर गर्नुहोस:

5.9k
Shares