मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

ड्यालसमा डा. चिन्तामणिद्वारा समर क्याम्प सुरु

ड्यालसमा डा. चिन्तामणिद्वारा समर क्याम्प सुरु


ड्यालस (अमेरिका) । नेपाली समाज टेक्सस र नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रको संयुक्त आयोजना शनिबारबाट बालबालिकाहरुका लागि समर क्याम्प सुरु भएको छ ।

Advertisement
ADVERTISEMENT

शनिबार एक विशेष समारोहबीच क्याम्प उद्घाटन भएको छ । डा. चिन्तामणि योगीबाट सञ्चालन हुने क्याम्प आउँदो शनिबारसम्म चल्नेछ । यो क्याम्पमा स्कुल पढ्ने बालबालिकाहरुको सहभागिता छ ।

बालबालिकाहरुलाई हिन्दू धर्म संस्कार, योग, नैतिक शिक्षा, आर्ट लगाएर आध्यात्मिकताका बारेमा ज्ञान दिनका लागि नेपाली समाज टेक्सस र नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रले हरेक वर्ष समरको समयमा यस्तो क्याम्प आयोजना गर्दै आएका छन्

यस पटकको समर क्याम्पमा दुईसय २९ विद्यार्थीहरु दर्ता भएका छन् । यी मध्य एकसय ७५ विद्यार्थी र ५४ जना विद्यार्थी स्वयम्सेवकहरु छन् ।

क्याम्प हरेक दिन बिहान ९ बजे सुरु भएर दिउँसो साढे तीन बजेसम्म सञ्चालन हुनेछ । हरेक वर्ष समरको समयमा हुने समर क्याम्प नेपाली समुदायमा अलग्गै ब्राण्ड बनिसकेको छ ।

शेयर गर्नुहोस:

15.3k
Shares