मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   
ग्लोबल नेपाली   
टेक्सस   

अध्यक्षपदका लागि दुई जना मात्र उम्मेदवार हुन्छन सुमन थापा

अध्यक्षपदका लागि दुई जना मात्र उम्मेदवार हुन्छन सुमन थापा

कि म जित्छु कि जिताउंछु


अमेरिका- गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएनए अमेरिका)मा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका सुमन थापाले दुई जना मात्र उम्मेदवार हुने वताएका छन् ।

एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि दुई जनाको मात्र उम्मेदवारी रहन्छ सोमवार सांझ हिमालयखवरसंग थापाले भने, कि म अध्यक्ष जित्छु कि जिताउंछु ।

एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमनले अध्यक्षपदका लागि उम्मेदवारी दिएका छन् । उनी सहित डिलु पराजुली र डा अजुर्न बञ्जाडेले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । दुई जनाको मात्र उम्मेदवारी कायम हुन थापा, पराजुली र बञ्जाडे मध्ये एक जनाले आफ्नो अध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिनु पर्ने हुन्छ । । उम्मेदवारी फिर्ताका लागि जुलाई ९ तारिखसम्मको समय तोकिएको छ ।

टेक्ससमा रहेर व्यवसाय गर्दै आएका थापाले सोमवार हिमालयखवरसंग संक्षिप्त कुरा गर्दै आफुलेले उम्मेलवारी फिर्ता गर्ने वा नगर्ने वारेमा भने स्पष्ट पारेनन् ।

तपाई उम्मेदवारी फिर्ता लिनुहुन्छ भन्ने प्रश्नमा थापाले भने यती मात्र भने कि म जित्छु वा जिताउंछु । उनले आफु माथि अन्याय भएको दावी गरे । तर, कसले अन्याय गर्यो यो भने खुलाएनन् । म माथि अन्याय भएको छ मलाई विश्वासमा लिएर उम्मेवारी दिएको भए पनि हुन्थ्यो थापाले भने ।

अध्यक्ष पदका दावेवार डा बञ्जाडे वा पराजुली समुह मध्ये कसलाई तपाईको समर्थन हुन्छ भन्ने प्रश्नमा भने उनले केही पनि खुलाएनन् ।

अहिले एनआरएनए अमेरिकाको आगामी नेतृत्वका लागि चुनाव प्रकृया शुरु भएको छ । अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारहरु अमेरिकाका विभिन्न शहरमा पुग्दै चुनाव प्रचार प्रसार गरिरहेका छन् ।

एनआरएन अमेरिकामा करिव १५ हजार मतदाता छन् । जुलाई २२ र २३ मा निर्वाचन हुने कार्यक्रम छ ।

शेयर गर्नुहोस:

10.5k
Shares