मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

चितवनका जोशी बने बागमतीको स्वास्थ्यमन्त्री, गर्भवती तथा सुत्केरीको हवाई उद्धार गर्ने निर्णय

चितवनका जोशी बने बागमतीको स्वास्थ्यमन्त्री, गर्भवती तथा सुत्केरीको हवाई उद्धार गर्ने निर्णय

केशव भट्टराई

शेयर गर्नुहोस:

351
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाली कांग्रेसका नेता उत्तम जोशीले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय सम्हालेका छन् । २०३५ सालमा तनहुँको चिसापानीमा जन्मिएका जोशी आइतबार बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा नियुक्त भएका हुन् । नवनियुक्त मन्त्री जोशीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराए ।

संसदीय अभ्यासमा पहिलोपटक प्रवेश गरेका नेता जोशीले पहिलोपटकमै मन्त्री बन्ने अवसर पाएका हुन् । गत मंसिर ४ मा सम्पन्न प्रदेशसभाको निर्वाचनमा उनी चितवन–२ (२) बाट निर्वाचित भएका थिए ।

पारिवारिक पृष्ठभूमि पनि राजनीतिसँग जोडिएको हुँदा सानैदेखि राजनीतिप्रतिको चेत भएका उनले चितवन आएपछि आफूलाई स्थापित गराउन सफल भए । चितवनमा इमानदार र जुझारू नेताको परिचय बनाएका जोशी अध्ययनको सिलसिलामा २०५१ सालमा चितवन आएलगत्तै नेपाल विद्यार्थी संघ बालकुमारी कलेज इकाइको सदस्य भएका थिए ।

त्यसपछि सोही कलेजको इकाइ सचिव हुँदै र सभापतिसम्म बने । विद्यार्थी राजनीतिकै क्रममा नेपाल विद्यार्थी संघको चितवन जिल्ला सभापति हुँदै कांग्रेसको ११औँ महाधिवेशनबाट भरतपुर महानगरपालिका वडा नम्बर–१० को सचिवमा निर्वाचित भएका जोशी १२औँ महाधिवेशनमा वडा नम्बर–१० कै सभापति हुँदै १३औँ महाधिवेशनमा चितवन जिल्ला सचिव भए ।

राजनीतिक आन्दोलनका विभिन्न कालखण्डमा पटकपटक धरपकड तथा पक्राउमा परेका उनी २०६२÷६३ को आन्दोलनमा घाइतेसमेत भएका थिए । मूलधारको राजनीतिबाहेक विभिन्न क्लब, शैक्षिक संस्था आदिमा पनि उनले जिम्मेवारी सम्हालिसकेका छन् ।

नवनियुक्त स्वास्थ्यमन्त्री जोशीको पहिलो निर्णय

बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री उत्तम जोशीले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।

नवनियुक्त स्वास्थ्यमन्त्री जोशीले पदभार ग्रहण गर्दै गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गरेका हुन् । मन्त्री जोशीले समयमा नै उपचार नपाएर गर्भवती तथा सुत्केरी महिलाहरुको ज्यान जाने जोखिम कम गर्न यस्तो निर्णय गरेको बताए । आवश्यकता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्यसम्पादन गर्ने उनको भनाइ छ ।

यस्तै, स्वास्थ्यमन्त्री नियुक्त भएपछि उनले चितवन आएर विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको विपी कोइरालाको शालिकमा माल्यार्पण गरेका छन् । जोशी आइतबार कांग्रेसबाट बागमती प्रदेशको स्वास्थ्यमन्त्री नियुक्त भएका हुन् ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।