कोलोराडो, अमेरिका । कोलोराडोस्थित नेपाली समुदायमा चिरपरिचित समाजसेवी सुनिल पाठकद्वारा सञ्चालित अलस्टेट इन्सुरेन्सको प्रथम वार्षिक उत्सव कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ ।
कोलोराडोस्थित शहरहरू ब्राइटन, बोल्डर, लङमण्ट, ब्रुमफिल, वेष्टमिनिष्टरका मेयर, नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट डिलेसी, हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठलगायतका विशेष अतिथिहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
एजेन्सीका सञ्चालक सुनिल पाठकद्वारा कायर्क्रममा उपस्थित सबैलाई स्वागत गर्दै आफूलाई यहाँसम्म ल्याउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
त्यसैगरी पूर्वराजदूत र मेयरहरूले पनि नेपालबारे आफ्नो धारणा राखेका थिए । कार्यक्रममा कोलोराडोमा रहेका विभिन्न संघसंस्थाका पदाधिकारी, समाजसेवी, व्यवसायी, कलाकार, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।
सञ्चालक सुनिल पाठक र विशेष अतिथिहरुबाट संयुक्तरुपमा कार्यक्रममा उपस्थित अतिथि, संघसंस्थाका पदाधिकारी, कलाकार, पत्रकार, नेपालीद्वारा खोलिएका विभिन्न एजेन्सीका सञ्चालक तथा एजेन्सीहरुलाई सहयोग पुर्याउने व्यक्ति तथा संस्थाका पदाधिकारीहरूलाई खादा लगाइ दिई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रमलाई थप मनोरन्जन प्रदान गर्न कलाकारहरुले नेपाली संस्कृति झल्कने लाखेनाच, शेर्पा नाच, कुमारी, नेपाली गीतसंगीतमा कुशल नृत्य, लाइभ व्यान्डमार्फत गीतसंगीत तथा जादु प्रस्तुत गरी दर्शक स्रोताको मन जित्न सफल भएका थिए ।
निशा पाठकद्वारा सञ्चालित कार्यक्रमको बीच-बीचमा नेपाल र नेपालीहरूको पहिचान झल्कने विभिन्न डकुमेन्टीहरू प्रर्दर्शनी गरी स्थानीय सहभागीहरूलाई नेपालबारे बृस्तृत जानकारी गराउने प्रयास गरिएको थियो ।












प्रतिक्रिया