मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १८ जनाको मृत्यु, २१ घाइते

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १८ जनाको मृत्यु, २१ घाइते


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ सल्लाफेद भन्ने स्थानमा मंगलबार साँझ ६ बजे बस दुर्घटना भएको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा २१ जना घाइते भएको प्रहरीले जनाएको छ । 
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार मृतकमध्ये १३ जनाको दुर्घटना स्थल तथा अन्य पाँचको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  
 
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए ।  उनका अनुसार घाइते सबैलाई उपचारार्थ बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पताल पुर्‍याइएको छ ।
 
दुर्घटनामा घाइतेहरुमध्ये आठ जनाको बनेपास्थित शिर मेमोरियल अस्पताल र अन्य पाँचको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 
 
घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रनाउ न्यौपानेले बताए । दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले काभ्रेपलाञ्चोकको बेथानचोकमा चलालगणेशस्थानमा मंगलबार साँझ भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन् ।