मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

पहाडी क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

पहाडी क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मुलुकका पहाडी क्षेत्रमा पटकपटक हुने सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् । 
 
जाजरकोटको छेडागाड नगरपालिका–५ खातिजेवामा सोमबार भएको दुर्घटनाको अवस्थाबारे मंगलबार जानकारी लिने क्रममा गृहमन्त्री खाणले गृह प्रशासनका साथै मातहतका कार्यालयलाई उक्त निर्देशन दिनुभएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।
 
उनले मंगलबार जाजरकोटमा भएको उक्त घटनाबारे जानकारी लिँदै मृतकको शव परिवारसम्म लैजानका लागि सहजीकरण गर्न पनि मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले जाजरकोट जिल्लाको सुरक्षा निकायलाई दुर्घटना न्यूनीकरण गर्नेबारेमा ध्यान दिन पनि निर्देशन दिएका छन् ।
 
गृह मन्त्रालयका अनुसार जाजरकोटमा सोमबार भएको दुर्घटनामा जिपमा रहेका गाडी चालकसहितका १२ जनाको निधन भएको थियो । स्थानीय प्रशासनका अनुसार नौ जनाको घटनास्थलमै र तीन जनाको उपचारका लागि लैजाँदै गर्दा र अस्पतालमा निधन भएको जनाइएको छ । 
 
दिउँसो करिब ४ बजे कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बलेरो जिप मध्यपहाडी सडकखण्डअन्तर्गत छेडागाड नगरपालिका वडा नं ४ र ५ को बीचमा पर्ने भिरपाटीमा आफैँ अनियन्त्रित भई दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो । रासस