अमेरिका समाचार

अमेरिकाको फिलाडेल्फिया सहरको एक भवनमा आगलागी, १२ जनाको मृत्यु

अमेरिकाको फिलाडेल्फिया सहरको एक भवनमा आगलागी, १२ जनाको मृत्यु


फिलाडेल्फिया । अमेरिकाको फिलाडेल्फियास्थित एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ ।
 
भवनमा २६ जना मानिस बस्दै आएकोमा ८ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन् भने दुई व्यक्ति घाइते भएका छन् । आगलागीको समयमा बज्ने सङ्केत घडीले काम नगरेपछि आगो नियन्त्रणमा ढिलाई भएको उद्धार अधिकारीले बताएका छन् । 
 
सूचना ढिलो गरी प्राप्त भएको र उद्धार टोली घटनास्थलमा पुग्दा आगो भवनभित्र फैलिइसकेकोले ठूलो मानवीय क्षति भएको फिलाडेफियाको स्थानीय प्रशासनले बताएको छ । 
 
बिद्युत सर्ट भई आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमानपछि थप अनुसन्धान सुरू भइसकेको छ । आगलागीका कारण भवनको अधिकांश भागमा क्षति भएको छ । एजेन्सी