कोलोराडो । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा सोमबार भएको गोलीकाण्डमा संदिग्ध बन्दुकधारीसहित पाँच जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति घाइते भएका छन्।
प्रहरीका अनुसार संदिग्ध व्यक्तिले डेनभर र लेकवुड, कोलोराडोका कम्तिमा सात विभिन्न स्थानहरूमा बन्दुक चलाएको थियो। डेनभरका प्रहरी प्रमुख पॉल पाजेनले पत्रकार सम्मेलनमा बताएअनुसार गोली हानाहान साँझ ५ बजेतिर सुरु भएको थियो ।
घटनामा दुई वयस्क महिलाको मृत्यु भएको छ भने एक वयस्क पुरुष घाइते भएका छन् । पहिलो गोलीबारी घटनाको केही समयपछि, १२ औं एभिन्यू र विलियामा एक वयस्क पुरुषलाई गोली हानी मारिएको थियो। डेनभर प्रहरीले शंकास्पद गाडी देखेपछि खोजी सुरु गरेको थियो ।
लेकवुड पुलिसका सार्वजनिक सूचना अधिकारी जोन रोमेरोले जनाएअनुसार लेकवुड पुलिस विभागका एजेन्टहरूले संदिग्धको कार डेनभरबाट भागेको केही समयपछि पहिचान गरेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । गोली प्रहारबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । एजेन्सी
प्रतिक्रिया