वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका छन् । भर्चुअल माध्यमबाट हुने सम्मेलनमा एक सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ ।
लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागीताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका हुन् ।
सम्मेलन आगामी डिसेम्बर ९ र १० तारिखमा हुने तय भएको हो । सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानको नाम भने अमेरिकाले निमन्त्रणा गरेका देशहरुको सूचीमा छैन ।
बाइडेन प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुद् बनाउन सम्मेलनको आयोजना गरेको बताएका छन् । एजेन्सी
प्रतिक्रिया