मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गठबन्धन सरकारमा सहभागी हुन्छौँ : अध्यक्ष नेपाल

गठबन्धन सरकारमा सहभागी हुन्छौँ : अध्यक्ष नेपाल


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने बताएका छन् । 
 
पार्टीले बुधबार निर्वाचन आयोगबाट दल दर्ता भएको प्रमाणपत्र प्राप्त गरेपछि औपचारिकरूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने बताएका हुन् ।  
 
अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनमा आफू पनि भएको र सरकारमा छिट्टै सहभागी हुने उहाँको भनाइ थियो । “सबै वामपन्थी लोकतान्त्रिकसँग पार्टीले सहयोग गर्छ, कांग्रेस, माओवादी, जसपासँग सहकार्य हुन्छ”, अध्यक्ष नेपालले भने, “सत्ता बाहिर रहेका कम्युनिस्टसँग पनि सहकार्य हुन्छ ।”
 
आफूहरुको नयाँ पार्टी राष्ट्र र जनताप्रति समर्पित भई काम गर्ने उल्लेख गर्दै उनले भने, “यो पार्टी राष्ट्रप्रति र जनताप्रति समर्पित हुनेछ, यो कुनै स्वार्थ र कुसंस्कारको झुण्डमा पर्ने छैन ।”
 
अध्यक्ष नेपालले क्रान्तिकारी धारमा हिँड्नेले जनता र कार्यकर्ताको चाहना बुझ्न सक्नुपर्ने र आफूले पार्टीलाई जोगाउन, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र जनताका हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 
नेकपा (एमाले) को संस्थापक आफू नै भएको र पार्टीभित्र देखिएको विकृतिलाई तिलाञ्जली दिन र नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन विकल्पका रूपमा पार्टी खोल्नुपरेको उनले जानकारी दिए । सो पार्टीले बुधबार निर्वाचन आयोगबाट दल दर्ता गरेको प्रमाणपत्र प्राप्त गरेको थियो । नेकपा (एमाले)प्रति असहमति जनाउँदै नयाँ पार्टी दर्ता गरेको हो । रासस