काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३४०३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पिसिआर परीक्षणमा दुई हजार ६१३ र चार हजार ९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै पिसिआर परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या सात लाख ३९ हजार ९०७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७७ हजार ६२६ छ । सो अवधिमा थप दुई हजार १०४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८९ हजार १७३ पुगेको छ ।
हाल ३३ हजार ८०८ होम आइसोलेशनमा तथा तीन हजार ५३२ जना संस्थागत आइसोलेसनमा छन् । त्यसैगरी ७७० आइसियू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३३८ रहेको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ३९६ पुगेको छ भने पछिल्लो २४ घन्टामा थप ४२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस अवधिमा ८४ हजार १३३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । रासस







प्रतिक्रिया