काठमाडौँ । पछिल्लो २४ घन्टामा थप दुई हजार ९३६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६१३ जनाको पिसिआर तथा चार हजार ५६९ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः दुई हजार ६ र ९३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस अवधिमा देशभर ४३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या बिहीबारभन्दा नौ जनाले बढी हो । हालसम्म नेपालमा नौ हजार ५०६ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै देशभर एक हजार ७५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेपालमा सङ्क्रमितको निको हुने दर ९४ दशमलव ५ प्रतिशत छ । नेपालमा हालसम्म छ लाख २८ हजार २४३ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल २४ हजार २७४ जना होम आइसोलेसनमा रहेका छन् भने दुई हजार ५५३ ले संस्थागत आइसोलेशन, ५७८ जना आइसियू र १७४ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका थिए । रासस







प्रतिक्रिया