मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गिरिजाबाबु दृढ इच्छाशक्ति भएको नेता : डा कोइराला

गिरिजाबाबु दृढ इच्छाशक्ति भएको नेता : डा कोइराला


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला गिरिजाप्रसाद कोइरालामा दृढ इच्छाशक्ति भएको बताएका छन् ।  
 
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९८औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेसनले आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला : प्रजातन्त्रका लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तरक्रियायामा उनले शान्ति प्रक्रियाका नायक गिरिजाबाबुमा दृढ इच्छाशक्ति भएको बताए । 
 
नेता डा कोइरालाले लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्ने नेता गिरिजाबाबु भएको उल्लेख गरे । पार्टीलाई सशस्त्र क्रान्तिका लागि पैसा आवश्यक परेर विमान अपहरण गर्न गिरिजाबाबु बाध्य भएको उनको भनाइ थियो । 
 
गिरिजाबाबु पार्टीको कुशल सङ्गठनकर्ता भएको नेता कोइरालाले बताए । फाउण्डेसनका सदस्य–सचिव अतुल कोइरालाले नेपाली राजनीतिमा गिरिजाबाबुको अभाव खड्किएको बताए । 
 
गिरिजाबाबुले देखेको जनप्रतिनिधीमार्फत संविधान लेख्ने सपना स्व सुशील कोइरालाको नेतृत्वमा सम्भव भएको उनको भनाइ थियो । रासस