मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जिप दुर्घटनामा तीनको मृत्यु, ११ घाइते

जिप दुर्घटनामा तीनको मृत्यु, ११ घाइते


बैतडी । सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । 
 
मृत्यु हुनेमा सिगास–३ का ४५ वर्षीय जयसिंह धामी, ४५ वर्षका मानसिंह साउद र ६४ वर्षीय रामसिंह धामी रहेका छन् । उनीहरु तीनैजनाको घटनास्थमै मृत्यु भएको जनाइएको छ । 
 
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 
 
उनका अनुसार घाइतेहरुमा सिगास– ३ का २९ वर्षीय करनसिंह धामी, ४५ वर्षीय दलवीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया वासमती धामी, ४० वर्षीय शेरबहादुर धामी र २० वर्षीय रवीन्द्र धामी सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।  
 
जिपका चालक १९ वर्षीय खगेन्द्र साउद र जिप धनी ४४ वर्षीय हरिभान साउद भने फरार रहेका प्रहरीले जनाएको छ । १६्र जना सवार जिप सडकबाट ५० मिटर तल खसेको र  दुर्घटनाका कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस 

शेयर गर्नुहोस:

0
Shares