मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा आइतबार १९२० जनामा कोरोना पुष्टि, ३४ जनाको मृत्यु

नेपालमा आइतबार १९२० जनामा कोरोना पुष्टि, ३४ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ९२० जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा छ हजार जनामा पिसिआर परीक्षण गर्दा एक हजार ३५३ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी ३८३६ जनामा एन्टिजेन परीक्षण गर्दा ५६७ जनामा गरी जम्मा एक हजार ९२० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
 
योसँगै नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जना कोरोना सङ्क्रमित भएका छन् । बितेको २४ घन्टामा उपत्यकामा ४२४ जना सङ्क्रमित थपिएका छन् । 
 
यस्तै, आइतबार थप ३०७ जना निको भएका छन् । गत २४ घन्टामा कोरोना कारण ३४ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९००९ पुगेको छ । 

शेयर गर्नुहोस:

0
Shares