मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्छः अध्यक्ष प्रचण्ड

राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्छः अध्यक्ष प्रचण्ड


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्ने निष्कर्षका साथ विपक्षी पाँच दल एक ठाउँमा उभिएको बताएका छन् । 
 
पार्टी केन्द्रीय समितिको आजको भर्चुअल बैठकलाई वर्तमान राजनीतिक परिस्थतिको ‘ब्रिफिङ’ गर्दै उहाँले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र  जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको प्रष्ट पारे । 
 
बैठकले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट अर्को पार्टीमा समाहित भएका १४ स्थानीय जनप्रतिनिधिलाई निस्कासन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले पाँच स्थानीय तहका प्रमुख, उपप्रमुख, चार वडाध्यक्ष र केही कार्यपालिका सदस्यलाई कारवाही गरेको छ ।
 
कारवाहीमा पर्नेमा अधिकांश रौतहट र कैलालीका छन् । सर्वोच्च अदालतले  माओवादी र एमालेलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि माओवादी पृष्ठभूमिका केही नेताकार्यकर्ता एमालेमै समाहित भएका थिए । रासस