काठमाडौँ । नेपालमा शुक्रबार कोभिड–१९ का ६६५३ सङ्क्रमित थपिएका छन् । यस्तै, विगत चौबीसघन्टामा आठ हजार ६६३ सङ्क्रमणमुक्त भएका छन् ।
देशभरमा कुल २० हजार ८१३ को परीक्षण भएको थियो । तीमध्ये पिसिआर १४ हजार १८२ र एन्टिजेन विधिबाट ६६३१ जनाको परीक्षण भएको थियो । कोभिडका कारण पछिल्लो २४ घन्टामा १०१ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७७३१ पुगेको छ ।
देशभरका अस्पतालका भेन्लिेटरमा ४०४ र सघन उपचार कक्षमा १४२२ सङ्क्रमित छन् । संस्थागत आइसोलेसनमा ६८०७ र होम आइसोलेसनमा ९० हजार ८५२ सङ्क्रमित छन् ।
हालसम्म देशभरका २१ लाख १३ हजार ८० जनाले पहिलो र छ लाख ९१ हजार १८४ ले दोस्रो मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेका छन् ।








प्रतिक्रिया