मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सन् २०२२ सम्म विश्वमा बेरोजगारको संख्या २० करोड ५० लाख पुग्ने

सन् २०२२ सम्म विश्वमा बेरोजगारको संख्या २० करोड ५० लाख पुग्ने


बेइजिङ । कोरोना महामारीका कारण यो वर्षमात्र ७ करोड ५० लाखले रोजगारी गुमाएको अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) ले जनाएको छ ।
 
आइएलओका निर्देशक गाय राइडका अनुसार महामारी सुरु हुनुअगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेकोमा अब बढेर २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको जानकारी दिए । 
 
बेरोजगार भएका ३ करोड १० लाख मानिस अत्यन्तै गरिब बन्न पुगेको एक अध्ययनले देखाएको छ । जुन संयुक्त राष्ट्रसंघद्वारा निर्धारित १.९० डलर प्रतिदिनको अन्तर्राष्ट्रिय गरिबी रेखाभन्दा तल हो ।
 
सबै देशको समान स्थिति नभएकाले धनी देशका लागि यो संकट टार्न सहज भए पनि गरिब राष्ट्रका लागि भने चुनौतीपूर्ण हुने निर्देशक राइडको भनाइ छ । न्यून आय भएको देशहरुमा रोजगारी गुमेका कारण परिवारमा गरिबी बढ्ने र त्यसको असर समाजिक सुरक्षामा पर्ने उनले चेतावनी दिए । 
 
गरिब देशहरुमा जारी असमानताका कारण महिला र युवाहरुको रोजगारीमा गम्भीर असर पर्ने आइएलओले जनाएको छ । गरिबी न्यूनीकरणका लागि विभिन्न उपाय अपनाएको देशहरुको प्रयासलाई पाँच वर्षपछि धकेलेको पनि आइएलओको भनाइ छ ।
 
त्यसैगरी संयुक्त राष्ट्रसंघले महामारीले विश्व जगतमा देखिएको बेरोजगारीको संकट टार्न लामो समय लाग्ने बताएको छ । सिन्ह्वा  
 

शेयर गर्नुहोस:

567
Shares