मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार ५३१६ जनामा संक्रमण पुष्टि, ७२१९ निको, १०१ जनाको मृत्यु

बुधबार ५३१६ जनामा संक्रमण पुष्टि, ७२१९ निको, १०१ जनाको मृत्यु


काठमाडौँ । नेपालमा गत २४ घन्टामा ७२१९ जना कोरोनामुक्त भएका छन् । यस अवधिमा देशभर गत बुधबार ५३१६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 
यस्तै, पछिल्लो २४ घन्टामा १०१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५५५ पुगेको छ । 
 
गत यस अवधिमा देशभर ५३१६ जना कोरोना भाइरस सङ्क्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए । पिसिआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
 
पछिल्लो २४ घन्टामा १३ हजार ८०५ जनाको नमुना पिसिआर र ३०७३ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गरिएको थियो । हाल सङ्क्रमण दर ३२.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ९९३ पुगेको छ । 
 
काठमाडौँ उपत्यकामा बुधबार मात्र १४५६ जना सङ्क्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) बाट निको हुने दर ८०.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शेयर गर्नुहोस:

81
Shares