मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

गृहमन्त्री बादललाई गृहजिल्लामा देखाइयो कालो झन्डा

गृहमन्त्री बादललाई गृहजिल्लामा देखाइयो कालो झन्डा


चितवन । नेकपा दुई समूहमा विभाजित बनेपछि नेता कार्यकर्ता पनि विभाजित बनेका छन् । पछिल्लो समय एकले अर्काको चर्को आलोचना गर्दै भाषण र वक्तव्यबाजी गर्नु सामान्य विषय भइसकेको छ । 
 
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणा गरेसँगै विवादै विवादले घेरिएको नेकपा विभाजित बनेको हो । विभाजित बनेसँगै पूर्वमाओवादी निकटका केही नेता केपी ओलीतिर लागे भने केपी ओली अर्थात पूर्वएमालेका धेरै नेता प्रचण्ड नेपाल समूहतिर लागे । 
 
प्रचण्ड समूहमा पूर्वएमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनालदेखि प्रभावशाली नेता लाग्दा पूर्वमाओवादीका बादल अर्थात हालका गृहमन्त्री रामबहादुर थापा भने ओलीतिर लागेका हुन् । 
 
उनी ओलीतिर लाग्नुको कारण पदकै लोभ भएको बताइएको छ भने उनको निर्णयबाट गृहजिल्ला चितवनका नेता कार्यकर्ता निकै आक्रोशित बनेका छन् । 
 
सोमबारमात्रै चितवनमा आएका उनलाई कार्यकर्ताले कालो झन्डा देखाएका छन् । भरतपुर विमानस्थल परिसरमा कार्यकर्ताले बादल लाल गद्धार असंवैधानिक कुका मतियार लेखेको व्यानरसहितको बेलुन उडाएर विरोध गरेका हुन् । 
 
भरतपुरको हाकिमचोकमा उनलाई कालोझण्डा पनि देखाइएको थियो । उनी ओली गुटको कार्यक्रममा सहभागी हुन आएका हुन् भने प्रचण्ड समूहले पनि छुट्टै कार्यक्रम राखेको छ।  बादल गृहजिल्लामा निकै कमजोर बनेका छन् ।  
 
यसैबीच, गृहमन्त्री तथा नेकपा ओली पक्षका नेता रामबहादुर थापा बादलले आफू फुटको विरोधमा र एकताको पक्षमा रहेको बताएका छन् । 
 
चितवनमा भएको अगुवा कार्यकर्ता भेलामा गृहमन्त्री बादलले भने, ‘म पार्टी एकताको पक्षमा छु । अब चुनावको विकल्प छैन ।’ उनले हिजो पार्टी पोखरीजस्तो बनेको र आज पार्टी नदीजस्तो बगेको दाबी गरे । एजेन्सी

शेयर गर्नुहोस:

0
Shares