मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

प्रधानमन्त्री ओलीले देशलाई गृहयुद्धमा धकेले : कृष्ण पहाडी

प्रधानमन्त्री ओलीले देशलाई गृहयुद्धमा धकेले : कृष्ण पहाडी


काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्धमा धकेलेको टिप्पणी गरेका छन् । 
 
सोमबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी पहाडीले गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने र देशलाई गृहयुद्धमा धकेल्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको बताएका हुन् ।
 
उनले लामो संघर्षपछि प्राप्त उपलब्धिहरुलाई कुल्चेर गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने काम भएको बताए । संसदमा अविश्वास प्रस्ताव आउँदैछ भन्ने आशंका भएपछि प्रधानमन्त्री ओलीले संसदको प्राण हरण गरेको पनि उनले बताए । यस्तै, प्रधानमन्त्री ओली सत्तामा पुगेपछि पटकपटक गैह्रसंवैधानिक कार्यको शिलशिलालाई प्रारम्भ गरेको पनि आरोप लगाए ।
 
सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको कदमलाई सदर गर्ने हो भने नेपालमा जुनसुकै प्रधानमन्त्रीले संविधान विघटन गर्नसक्ने बताए । नेपालको संविधान निर्माण भएपछि विरोध गर्ने र आगो लगाउनेहरुले अहिले संविधानको रक्षाको लागि सडकमा उत्रिएको तर संविधान उत्कृष्ट छ भन्नेहरुले संविधानको पाना च्यात्ने काम गरेको पनि बताए ।
 

शेयर गर्नुहोस:

0
Shares