मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोभिड-१९ को खोप उत्पादनमा इरान र रसियाबीच सहकार्य

कोभिड-१९ को खोप उत्पादनमा इरान र रसियाबीच सहकार्य


तेहरान । इरान र रसियाबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध–सरकारी समाचार संस्थाले जानकारी गराएको छ । 

‘फार्स न्यूज एजेन्सी’ का अनुसार उक्त सहमति शुक्रबार रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख किरील दिमित्रिभ र राजदूत जलालीबीच भएको भिडियो बैठकमा भएको बताइएको छ । 

Advertisement

उक्त अवसरमा इरानी राजदूतले ‘कोभिड–१९ को खोप पत्ता लगाउन सफल भएको भन्दै रूसलाई बधाई दिएका थिए । जलालीले दुवै देशबीच थप स्वास्थ्य र चिकित्सा सहयोगको लागि रूससँग आग्रह गरेको बताइएको छ ।

दिमित्रीभले दुई देशबीच कोभिड–१९ विरूद्धको खोपको ठूलो उत्पादनको लागि तयार रहेकोमा रूसी पक्ष खुसी बनेको बताए । रसियाका स्वास्थ्य अधिकारीहरूले हालै कोभिड–१९ खोपको उत्पादन गर्ने घोषणा गरेका थिए । 

तस्बिर : AFP / SERGEI CHIRICOV@Getty images 

शेयर गर्नुहोस:

459
Shares