मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्वमा एक करोड ८२ लाख ७८ हजार व्यक्ति सङ्क्रमण मुक्त

विश्वमा एक करोड ८२ लाख ७८ हजार व्यक्ति सङ्क्रमण मुक्त


जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार रातिसम्म दिएको जानकारीअनुसार विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८२ लाख ७८ हजार ८८० व्यक्ति कोरोना मुक्त भएका  छन् ।

यद्यपि विश्वमा दुई करोड ६० लाख ८ हजार ५०९ जना कोरोना भाइरस सङ्क्रमित भएका डब्लुएचओले जनाएको छ । सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ६३ हजार १३६ जनाको मृत्यु भएको छ । 

Advertisement

हाल विश्वमा ६८ लाख ६६ हजार ४९३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ५५५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।   कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।  

अमेरिकामा ६२ लाख ६८ हजार ५०८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३५ लाख १५१  जना कोरोना भाइरस मुक्त भएका छन् भने  १ लाख ८९ हजार २२७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ३९ लाख ५२ हजार ७९० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३१ लाख ५९ हजार ९६ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २२ हजार ६८१ जनाको मृत्यु भएको छ ।  भारतमा ३७ लाख ७३ हजार ४८३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ २९ लाख २ हजार ९६ कोरोना भाइरस मुक्त भएका छन् भने ६६ हजार ४९१ जनाको मृत्यु भएको छ । 

रुस १० लाख ५ हजार जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख २१ हजार १६९ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ४१४ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ५७ हजार १२९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ७१ हजार ५९९ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ६८ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख २८ हजार २५९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ४९ हजार ९९३ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार २६३ जनाको मृत्यु भएको छ । कोलम्बिया ६ लाख २४ हजार ६९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ६९ हजार ५५७ कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ५२ जनाको मृत्यु भएको छ । 

मेक्सिकोमा ६ लाख ६ हजार ३६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख २१ हजार ३७३ कोरोना भाइरस मुक्त भएका छन्  भने ६५ हजार २४१ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ७० हजार ९७३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार १५२ जनाको मृत्यु भएको छ । 

अर्जेन्टिना ४ लाख २८ हजार २३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ८ हजार ३७६ कोरोना भाइरस मुक्त भएका छन् भने ८ हजार ९१९ जनाको मृत्यु भएको छ । 

शेयर गर्नुहोस:

324
Shares