मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

जापानको इतिहासमा आबे सबैभन्दा राम्रो प्रधानमन्त्री : ट्रम्प

जापानको इतिहासमा आबे सबैभन्दा राम्रो प्रधानमन्त्री : ट्रम्प


वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पद त्याग गरेका जापानका प्रधानमन्त्री सिन्जो आबेलाई जापानको इतिहासकै सबैभन्दा राम्रो प्रधानमन्त्रीको संज्ञा दिएका छन् । 

दुई नेताबीचको टेलिफोन कुराकानीका क्रममा ट्रम्पले आबेको प्रशंसा गर्दै राम्रो प्रधानमन्त्रीको संज्ञा दिएका हुन् ।   

Advertisement

जापानका तत्कालीन प्रधानमन्त्री ६५ वर्षीय आबेले गत शुक्रबार पद त्यागेको घोषणा गरेका थिए । आफ्नो अस्वस्थताका कारणले गर्नुपर्ने जति काम गर्न नसकेको र त्यसले देश र जनतालाई हानी पु¥याउन लागेको भन्दै उनले राजीनामा दिएका थिए ।  

अझै झण्डै साढे एक वर्ष कार्यकाल बाँकी रहेकै बेला पद त्यागको घोषणा गरेका आबे जापानको इतिहासमा सबैभन्दा धेरै समय प्रधानमन्त्री बन्ने नेता पनि हुन् ।  

गत आइतबार राति ट्रम्पले फोन गरेपछि दुई नेताले पछिल्लो चार वर्षमा आफूहरुका बीचमा भएका सहकार्य, भेटघाट र वार्तालापहरुको स्मरण पनि गरेका थिए । 

समीक्षाका क्रममा दुई नेताले आफुहरुबीचको सम्बन्ध विशिष्ट प्रकारको भएको चर्चा गरेका थिए । आबेले पद त्यागको घोषणा गरेपछि उनीहरुका बीचमा पहिलो पटक कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ । 

राष्ट्रपति ट्रम्पले जापानमा आबे प्रधानमन्त्री भएको बेलामा जापान र अमेरिकाबीचको सम्वन्ध सुमधुर रहेको उल्लेख गरेका थिए । 

उनले जापान–अमेरिका सम्बन्ध आगामी दिनमा पनि थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्दै जापानलाई राम्रो बनाउन आबेको अति महत्त्वपूर्ण भूमिका रहेको दाबी गरे ।  

आबेको कार्यकाल अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्मका लागि थियो । उनले पद त्याग गरेपछि जापानमा अहिले नयाँ प्रधानमन्त्री चयन गर्ने प्रक्रिया चलिरहेको छ । 

शेयर गर्नुहोस:

0
Shares