फिफा विश्वकप : जापानद्वारा जर्मनी पराजित

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा जापानले जर्मनीलाई पराजित गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा जापान जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।   खेलमा सुरुआती अग्रता भने जर्मनीले लिएको थियो । खेलको ३३औँ मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १–० को अग्रता दिलाएका थिए ।…