काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको क्रममा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गर्ने उपायको खोजी गरिएको स्पष्ट पारेका छन् । सोमबार आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक उपलब्धि खतरामा पर्नुका साथै शान्ति प्रक्रिया धरापमा पुग्ने अवस्थामा देखिएकाले…