मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

बालकोटमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसिसीका बारेमा छलफल सुरू

बालकोटमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसिसीका बारेमा छलफल सुरू


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटस्थित ओली निवासमा भेटवार्ता सुरू भएको छ । 
 
नेपाली कांग्रेस र एमालेका नेताहरुबीच अमेरीकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का बारेमा छलफल सुरू भएको ओलीको सचिवालयले जानकारी दिएको छ । 
 
प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल कांग्रेसका पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट ओलीका साथमा महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको ओलीको सचिवालयले जानकारी दिएको छ । 
 
शुक्रबार दिउँसो प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छुट्टाछुट्टै छलफल गरेका थिए । 
 
एमसिसी संसदबाट पारित गर्ने तथा संसद्को अवरोध हटाएर निकास दिने बारेमा छलफल भइरहेको बताइएको छ । रासस