मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

एमसिसी नेपालको हितमा छ : वरिष्ठ नेता पौडेल

एमसिसी नेपालको हितमा छ : वरिष्ठ नेता पौडेल


नहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी पास राष्ट्रघाती हुन नसक्ने बताएका छन् । सालिक तथा पार्क निर्माण समितिको आयोजना तथा नेकां सहिद विक्रम परियारको अर्धकदको सालिक अनावरण गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् । 
 
एमसिसी सम्झौतामा हस्ताक्षर गरेर कम्युनिस्ट घटक अहिले आएर पन्छिने गरेको उनले आरोप लगाए । गरिबीपनले हिंसा र आतङ्कजस्ता गतिविधि हुँदै गएको उल्लेख गर्दै नेता पौडेलले नेपालमा विद्युतीय क्षमता बढाएर आर्थिक पक्षमा सबल भई गरिबी हटाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि स्व परियारले महत्त्वपूर्ण योगदान पुर्‍याएको चर्चा गर्दै उनले पार्टीले सहिदका रूपमा सम्मान गरेको बताए ।  
 
पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारीले कांग्रेसले सहिदको सम्मान गर्दै समृद्ध नेपाल निर्माणका लागि लाग्नुपर्ने बताए । कलाकारिता क्षेत्रमा नक्षेत्रका रूपमा उदाएका स्व परियारको बाँकी सपना पूरा गर्न र सहिद पार्क निर्माण गर्न पार्टीले पहलकदमी थाल्नुपर्नेमा जोड दिएका थिए । 
 
अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले कम्युनिस्ट घटकहरूले एमसिसी माग गरेर मुहर्त रूप दिने अवस्थामा भागेको आरोप लगाए । अमेरिकाले सित्तैमा दिएको अनुदानमा बार्गेनिङ गर्नुका साथै चुनावको मुद्दा बनाएर आर्थिक सङ्कटमा धकेल्ने षड्यन्त्र भएको बताए ।
 
गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले स्व सहिद परियारको परिवार र नेकांबीच पारिवारिक साथ कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । व्यास नगरपालिकाको रु ११ लाख एक हजार २५० को लागतमा स्व परियारको अर्धकदको सालिक निर्माण गरिएको हो । रासस