काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले मन्त्रालयबाट जनतालाई प्रवाह हुने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउने बताएकी छन् । मन्त्रालयमा पदस्थापनका क्रममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, “मेरो पहिलो प्राथमिकता भनेको मन्त्रालयबाट जनतालाई हुने सेवा प्रवाह सहज बनाउने हो ।” साथै उनले नेपालस्थित विदेशी कूटनीतिक नियोगसँग कसरी समन्वयमा काम गर्ने…