काठमाडौँ । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले आज साँझ नेपाल आएकी छन् । त्रिभुवन विमानस्थलमा झाँकीसहित उनको स्वागत गरियो । भोस्लेको स्वागतका लागि यहाँका केही वरिष्ठ कलाकार पनि विमानस्थल पुगेका थिए । भोस्लेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने र रेडियो नेपाल जाने कार्यक्रम रहेको आयोजकले जनाएको छ…