बिश्व घटना

दुघर्टनमा मृत्यु भएका श्रीजनको शनिवार अन्तिम संस्कार

दुघर्टनमा मृत्यु भएका श्रीजनको शनिवार अन्तिम संस्कार


अमेरिका- न्युर्योक कुईन्समा भएको दुर्घटनामा मृत्यु भएका श्रीजन पन्थीको अन्तिम संस्कार शनिवार गरिने भएको छ । समाजिक व्यक्तित्व पुरुषोत्तम र मिना पन्थीका छोरा १० बर्षिय श्रीजनको दुर्घटनामा परी मृत्यु भएको थियो ।
 
स्कुल जाने क्रममा सकडमा यो दुखद दुर्घटना भएको थियो । फोहरमैला ट्रकले श्रीजन र उनकी आमा मिनालाई ठक्कर दिएको थियो । अस्पतालमा उपचारका क्रममा श्रीजनको मृत्यु भएको थियो ।
 
पन्थी परिवारले अन्तिम संस्कारको कार्यक्रम निम्न रहेको जनाएको छ । 
 
धार्मिक संस्कार तथा अन्त्यष्टि कर्म:
जनवरी ११ शनिवार समय  बिहान  ११ बजेदेखि १ बजेसम्म
Coppola Migliore Inc
Funeral Home
49-01 104th Street
Corona , NY 11368
 
दाहसंस्कार:
समय दिउसो  १:३० देखि २:३०
Fresh Pond Cemetery
6140 Mount Olive Crescent
Middle Village NY 11379