मस्को । अमेरिकन एयरलाइन्सले अग्रपंक्तिमा रहेर काम गर्ने झण्डै २५ हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारीका कारण सेवा प्रवाहमा अत्यधिक कमी आएकाले कर्मचारीहरु कटौती गर्नुपर्ने बाध्यता रहेको कम्पनीले जनाएको छ । निस्काशित हुन लागेकामध्ये झण्डै २९ प्रतिशत कर्मचारीहरु अमेरिकी रहेको पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् । …