मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा एकैदिन थपिए ३९ हजार संक्रमित, ६०० जनाको मृत्यु

भारतमा एकैदिन थपिए ३९ हजार संक्रमित, ६०० जनाको मृत्यु


नयाँ दिल्ली । भारतमा विगत २४ घन्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ । 
 
योसँगै भारतमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १० लाख ९३ हजार ४५० पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
 
विगत २४ घन्टामा कोभिड–१९ सङ्क्रमित ६०० बिरामीको मृत्यु भएसँगै यो महामारीका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २७ हजार ४२८ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।
 
भारतमा आइतबार रातिसम्म निको भई घर फर्किने कोभिड–१९ सङ्क्रमित बिरामीको सङ्ख्या छ लाख ९३ हजार ४५० पुगेको छ भने अझै तीन लाख ८५ हजार २५७ व्यक्ति सङ्क्रमित रहेका छन् ।
 
सबैभन्दा बढी प्रभावित भारतीय राज्य महाराष्ट्रमा तीन लाख ९३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
 
भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार जुलाई १८ सम्म भारतमा कोभिड–१९ सङ्क्रमण परीक्षणका लागि एक करोड ३४ लाख ३३ हजार ७४२ नमूना परीक्षण गरिएको छ भने यसमध्ये तीन लाख ६१ हजार २४ व्यक्तिको कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । एएनआई