मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

यूकेआरओएको छैठौँ महाअधिवेशन तथा ग्राण्ड साकेला क्यालिफोर्नियामा सम्पन्न

यूकेआरओएको छैठौँ महाअधिवेशन तथा ग्राण्ड साकेला क्यालिफोर्नियामा सम्पन्न


न्यू ह्याम्पसायर । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यूकेआरओए)ले आफ्नो छैठौँ महाधिवेशन तथा ग्राण्ड साकेला उभौली २०२२ क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को सहरमा भव्यताका साथ सम्पन्न गरेका छन् ।  
 
अधिवेशनले सन् २०२२ देखि सन् २०२५ सम्मको कार्यकालको निम्ति जयकुमार राईको नेतृत्वमा ९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेकोछ। महाधिवेशन समुद्घाटन समारोहका प्रमुख अतिथि वर्तमान केन्द्रीय सल्लाहकार तथा पूर्वकेन्द्रीय अध्यक्ष मिलन राईले महाधिवेशनको उद्घाटन गरे । 
 
संस्थाको केन्द्रीय महासचिव जयकुमार राईले सञ्चालन गरेको उद्घाटन समारोहको कार्यक्रमलाई संस्थाको केन्द्रीय अध्यक्ष मुना राईले अध्यक्षता गरेका थिए । उपाध्यक्ष तथा छैठौँ महाधिवेशन र केन्द्रीय साकेला आयोजक समितिका संयोजक जिएस राईले स्वागत मन्तव्य दिएका थिए ।  
 
महाधिवेशन उद्घाटन समारोह औपचारिक रुपले प्रारम्भ हुनुअघि यूकेआरओए क्यालिफोर्निया च्याप्टरद्वारा विभिन्न राज्यहरुबाट महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि तथा सदस्यहरुलाई किरातहरुको मौलिक प्रतिक चिन्ह धजुरा, पिचुरी र खदा लगाई स्वागत गरेका थिए । च्याप्टरका सचिव टक्सन राईले उक्त कार्यक्रमलाई सञ्चालन गरेका थिए । किरात नवबालबालिकाहरु र नेपालबाट आएका नयाँ सदस्य तथा पाहुनाहरुलाई समेत च्याप्टर अध्यक्ष जोर वीर राईले संस्थाको तर्फबाट खदा लगाई स्वागत गरेका थिए ।  
 
कोभिड महामारीको कारणबाट थाति रहेका संस्थाका आजिवन सदस्यहरूलाई सम्मान पत्र र चेष्ट व्याज, २०१९, २०२० र २०२१ को शैक्षिक वर्षहरुमा हाई स्कुल तथा कलेज ग्राजुएटस् विधार्थीहरूलाई ट्रफी र हालसम्म संस्थाको हरेक गतिविधिमा अव्वल योगदान पुर्‍याई आएका युवा वर्गको उच्च सम्मानमा दिइने युवा पुरस्कार न्यू इङ्गलैण्ड च्याप्टर उपाध्यक्ष शेखर राई र एचभकष्मभलतष्ब िब्धबचम केन्द्रीय बोर्ड सदस्य सुखराज राई, न्यूयोर्कलाई अध्यक्ष मुना राईबाट प्रदान गरिएको थियो । 
 
संस्थाका केन्द्रीय पूर्वअध्यक्ष तथा निर्वाचन संयोजक विष्णुकुमार राई नेतृत्वको निर्वाचन समितिले सफल रुपमा निर्वाचन सम्पन्न गर्दै, जय कुमार राईको नेतृत्वमा ९ सदस्यीय केन्द्रीय कार्य समितिको घोषणा गरी पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराएका थिए । 
 
नयाँ कार्य समितिमा जयकुमार राई अध्यक्ष कनेक्टिकेट्,  कुसुम राई उपाध्यक्ष मेरिल्याण्ड, केशवराम राई उपाध्यक्ष न्यूयोर्क, यान राई उपाध्यक्ष क्यालिफेर्निया, मुक्तिनारायण राई महासचिव न्यू ह्याम्पसायर, राजन कुथुमी राई कोषाध्यक्ष न्यू ह्याम्पसायर, तेज राई वोर्ड सदस्य क्यालिफोर्निया, गणेश राई वोर्ड सदस्य न्यूयोर्क, हिमाल राई वोर्ड सदस्य, टेक्सास छन् भने पार्सद सदस्यहरूमा ममता राई, समिता राई, कर्ण राई, जोरविर राई र दमकाजी राईले च्याप्टरको तर्फबाट प्रतिनिधित्व गरेका छन् ।
 
अन्त्यमा, नवनिर्वाचित अध्यक्ष जयकुमार राईले निवर्तमान अध्यक्ष मुना राईलाई बिदाइ तथा धन्यवाद दिने क्रममा हाम्रो भाषा र संस्कृतिको संरक्षणको निम्ति यसको वैज्ञानिक खोजरअध्ययनका साथसाथै अभिलेखीकरणसमेत गर्दै जानुपर्नेमा जोड दिँदै त्यसतर्फ आफुले ध्यान पुर्‍याउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । उनले निवर्तमान अध्यक्षलाई किराती परम्पराअनुसार “सायराम्मा” गर्दै आजसम्म संस्था र समुदायको लागि पुर्‍याएको योगदानको कदर गर्दै धन्यवाद दिए ।
 
अधिवेशनको पछिल्लो दिन फ्रिमण्ट शहरको एलिजावेथ पार्कमा करिव ३०० जनाको उपस्थितीमा ग्राण्ड साकेला उभौली २०२२ भव्यरूपमा सम्पन्न भएको थियो ।