मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

किवानीज चिल्ड्रेन फण्डलाई विष्टद्वारा एक हजार अमेरिकी डलर सहयोग

किवानीज चिल्ड्रेन फण्डलाई विष्टद्वारा एक हजार अमेरिकी डलर सहयोग


मेरिका । किवानीज नेपाल ललितपुरका संस्थापक सीताराम विष्टले संसारभरका बालबालिकाको हित, उत्थान र वृत्तिविकासको सहयोगार्थ किवानीज चिल्ड्रेन फल्डनलाई एक हजार अमेरिकी डलर सहयोग गरेका छन् । 
 
अमेरिकको इन्डियानामा आयोजित एक कार्यक्रममा व्यवसायी विष्टले नेपालको मात्र नभई विश्वभरका बालबालिकाको वृत्तिविकास होस् भन्दै किवानीज चिल्ड्रेन फल्डनलाई एक हजार अमेरिकी डलर सहयोग गरेका हुन् । 
 
विगत दुई वर्षदेखि नेपालका ग्रामीण भेगमा रहेका सरकारी स्कुलमा बालबालिकाको लागि झोला, पेन्सिल, कपडालगायत दश लाखभन्दा बढी नेपाली रकम सहयोग गरिसकेका विष्टले भावी दिनमा थप सहयोग बढाउदै लैजाने जनाए । 
 
किवानीज क्लबका एलटी गर्भनरका दावेदार विष्टले आजीवन नेपालका बालबालिकाको हित र उत्थानमा किवानीज क्बलमार्फत सहयोग गर्ने इच्छा रहेको बताए । 
 
अमेरिकाको इन्डियानामा हेडक्वाटर रहेको किवानीज क्लबका शाखा विश्वका ८० भन्दा बढी देशमा छ भने यसका ६ लाखभन्दा बढी स्वयंसेवक विश्वभर छरिएर रहेका छन् ।