ट्विट गरेको आरोपमा साउदीमा एक महिलालाई ३४ वर्षको जेल सजाय

दुबई । ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले एकजना विद्यावारिधिका विद्यार्थीलाई ३४ वर्षको जेल सजाय सुनाएको छ ।    बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधिको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाउने र असन्तुष्टहरूलाई रिट्विट गरेको आरोपमा ३४ वर्षको जेल सजाय सुनाइएको हो । साउदी अदालतको यो निर्णयबाट विश्वसमुदाय स्तब्ध भएको छ भने त्यसको  विश्वव्यापीरूपमा निन्दा भएको…