कोलोराडो । नेपाल अमेरिकी कूटनीतिक सम्बन्धको ७५औँ स्थापना दिवसको अवसरमा कोलोराडोको डेनभरमा अक्टोबर १३ देखि १५ सम्म पाँचौं ग्लोबल नेपाली फिल्म अवार्ड २०२२ हुन लागेको आयोजक यज्ञलाल श्रेष्ठले हिमालयखबरको कुराकानी बताए ।
ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, गोल्डेन स्टेट मुभी मेकर एलएलसी, ८८४८ मिडिया हाउस एलएलसी, अमेरिकास्थित इन्टरटेनमेन्ट कम्पनी र नेपाल फिल्म सोसाइटीको संयुक्त आयोजनामा हुन लागेको हो ।
नेपाली चलचित्र क्षेत्रमा योगदान पुऱ्याएका नेपाली वरिष्ठ कलाकारहरुलाई सम्मान गर्नुका साथै वर्तमान तथा नयाँ नेपाली कलाकारहरुलाई चलचित्र क्षेत्रमा उत्प्रेरित गर्नु र प्रोत्साहन गर्ने मुख्य उद्देश्य रहेको अवार्ड कार्यक्रममा नेपालबाटसमेत वरिष्ठ कलाकार एवं सिनेकर्मीहरुको सहभागिता रहने जनाइएको छ ।
प्रतिक्रिया