मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नवीकरणीय ऊर्जामा विश्वले तीन गुणा लगानी बढाउनुपर्छ : संयुक्त राष्ट्रसंघ

नवीकरणीय ऊर्जामा विश्वले तीन गुणा लगानी बढाउनुपर्छ : संयुक्त राष्ट्रसंघ


जेनेभा । नवीकरणीय ऊर्जामा विश्वव्यापी लगानी तीन गुणा बढाउनुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । विश्वलाई शून्य उत्सर्जनको मार्गमा अघि बढाउन सन् २०५० सम्ममा नवीकरणीय ऊर्जामा विश्वव्यापी लगानी तीन गुणा बढाउनुपर्ने विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा जनाइएको हो ।
 
प्रतिवेदनमा स्वच्छ ऊर्जास्रोतबाट आउने विद्युतको आपूर्ति आगामी आठ वर्षभित्र दोब्बर बनाइनुपर्ने अन्यथा विश्वव्यापी ऊर्जा सुरक्षामा खलल पर्न सक्ने उल्लेख छ ।
 
डब्लुएमओको सन् २०२२ को स्टेट अफ क्लाइमेट सर्भिसेजको प्रतिवेदनअनुसार जलवायु परिवर्तनले विश्वव्यापी ऊर्जा सुरक्षालाई जोखिममा पारिरहेको छ । जलवायु परिवर्तनको प्रभाव, अधिक बारम्बार र तीव्र चरम मौसमसहित, ईन्धन आपूर्ति, ऊर्जा उत्पादन र ऊर्जा पूर्वाधारमा प्रत्यक्ष रूपमा असर गरिरहेको छ ।
 
विश्वमा जलस्रोतको अभाव भए तापनि सन् २०२० मा ‘थर्मल, न्युक्लियर र हाइड्रोइलेक्ट्रिक’ प्रणालीबाट उत्पादित विश्वको ८७ प्रतिशत बिजुली पानीको उपलब्धतामा निर्भर थियो । अनुकुलनका लागि ताजा पानीमा भर पर्ने करिब ३३ प्रतिशत थर्मल पावर प्लान्टहरू पानीको उच्च अभावको जोखिममा छन् र यो विद्यमान आणविक ऊर्जा संयन्त्रहरूको १५ प्रतिशत हो । 
 
यो आँकडा आगामी २० वर्षमा २५ प्रतिशतसम्म बढ्न सक्छ । “सन् २०५० सम्ममा ‘नेट जिरो’मा झार्ने लक्ष्य छ । तर, हामी त्यहाँ तब मात्र पुग्नेछौं जब हामीले आगामी आठ वर्षमा कम उत्सर्जन भएको बिजुलीको आपूर्ति दोब्बर बनाउनेछौँं,” डब्ल्यूएमओका महासचिव पेटेरी तालसले भने ।  
 
“ऊर्जा क्षेत्र विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको लगभग तीन–चौथाई को स्रोत हो । यदि हामी एक्काइसौं शताब्दीमा फस्टाउने हो भने सौर्य, वायु र जलविद्युत जस्ता ऊर्जा उत्पादनका स्वच्छ रूपहरूमा प्रवेश गर्नु र ऊर्जा दक्षतामा सुधार गर्नु महत्वपूर्ण छ,” उनले भने । 
 
“समय हाम्रो पक्षमा छैन, र हाम्रो जलवायु हाम्रो आँखा अगाडि परिवर्तन भइरहेको छ । हामीलाई विश्वव्यापी ऊर्जा प्रणालीको पूर्ण रूपान्तरण को आवश्यकता छ,” डब्ल्यूएमओ प्रमुखले चेतावनी दिए । 
 
अफ्रिका भविष्यमा नवीकरणीय ऊर्जाको प्रमुख खेलाडी बन्न सक्ने प्रतिवेदनमा उल्लेख छ । अफ्रिकाले पहिले नै जलवायु परिवर्तनको गम्भीर प्रभावहरू सामना गरिरहेको छ, जसमा ठूलो खडेरी पनि समावेश छ । स्वच्छ प्रविधिको घट्दो लागतले अफ्रिकाको भविष्यको लागि नयाँ प्रतिज्ञा गरेको छ, र अफ्रिकाको लागि नवीकरणीय ऊर्जाको आवश्यकताको खाडललाई बन्द गर्न मद्दत गर्ने ठूलो अवसर छ ।
 
सन् २०५० सम्ममा विश्वव्यापी विद्युत् आवश्यकता मुख्यतया नवीकरणीय ऊर्जाबाट पूरा हुनेछ र सौर्य ऊर्जा सबैभन्दा ठूलो स्रोत हुनेछ । यद्यपि, अफ्रिका विश्वव्यापी रूपमा ६० प्रतिशत सर्वश्रेष्ठ सौर्य स्रोतहरूको घर भए तापनि यसमा स्थापित ‘फोटोवोल्टिक’ क्षमताको केवल एक प्रतिशत मात्र छ । 
  
सबै अफ्रिकीलाई आधुनिक ऊर्जामा पहुँच पु¥याउन वार्षिक २५ अर्ब अमेरिकी डलर लगानी आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । यसले हालको विश्वव्यापी ऊर्जा लगानीको करिब एक प्रतिशत को प्रतिनिधित्व गर्दछ । सिन्ह्वा