मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युक्रेनले थप भूभाग फिर्ता लिएको दाबी

युक्रेनले थप भूभाग फिर्ता लिएको दाबी


युक्रेन । युक्रेनले दक्षिणमा क्षेत्र थप भूभागहरु फिर्ता लिएको छ । धेरै दिनको तीव्र रुसी क्षेप्यास्त्र हमलापछि किभमा ‘जति सक्दो चाँडो’ वायु रक्षा प्रणाली पुर्‍याउने पश्चिमी देशहरुको वाचालाई युक्रेनले स्वागत गरेको छ । 
 
अमेरिकाको नेतृत्वमा करिब ५० देशको समूहले ब्रसेल्समा रहेको नेटो मुख्यालयमा वार्ता गरेको र किभलाई नयाँ क्षेप्यास्त्र विरोधी प्रणाली उपलब्ध गराउने वाचा गरेको हो । युक्रेन रुसी आक्रमणबाट त्रसित छ । यसमा परी दर्जनौँ मारिएका र घाइते भएका छन् साथै गाउँ र सहरहरू विद्युत र तातो पानीविहीन छन् ।
 
‘प्रणालीहरू उपलब्ध गराइने छ, जति छिटो हामी तिनीहरूलाई भौतिक रूपमा त्यहाँ पुर्‍याउन सक्छौँ,’ अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बैठकपछि जानकारी द्एिका छन् । पश्चिमी ऐक्यवद्धताको थप प्रदर्शनमा, जी७ ले आवश्यता भएसम्म युक्रेनको साथमा उभिने वाचा गरेको छ ।  
 
बलियो युक्रेनको दिशातर्फ अघि बढ्नको लागि आर्थिक सहयोग गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष प्रमुख क्रिस्टालिना जर्जिएभाले वाचा गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुसी क्षेप्यास्त्र आक्रमणलाई आतङ्कवादको कार्यको रूपमा वर्णन गरेका छन् । सिन्ह्वा