मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

तेलको मूल्य वृद्धि ‘अर्बौं मानिसका लागि जोखिम’ भएको पुटिनको दाबी

तेलको मूल्य वृद्धि ‘अर्बौं मानिसका लागि जोखिम’ भएको पुटिनको दाबी


मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली नेताहरूले चर्चा गरेको तेलको मूल्य वृद्धि अर्बौं जनताको हितका लागि जोखिम’ भएको बताएका छन् ।  
 
मस्कोमा आयोजित एक ऊर्जा मञ्चमा रूसी नेता पुटिन भने, “केही पश्चिमा राजनीतिज्ञहरूको आत्मकेन्द्रित निर्णयले विश्वको बजार अर्थतन्त्रलाई ध्वस्त पारिरहेको छ । वास्तवमा अर्बौं मानिसहरूको कल्याणका लागि यसले खतरा खडा गरिरहेको छ ।
 
पश्चिमी मुलुकहरूमा देखिएको इन्धन अभाबलाई सम्बोधन गर्न नोर्ड स्ट्रिम पाइपलाइनको क्षतिग्रस्त भागमार्फत युरोपमा ग्यास आपूर्ति पुनः सुरु गर्न रूस तयार रहेको तर यसका लागि ‘बल ईयूको कोर्टमा रहेको’ बताएका छन् ।  
 
सम्मेलनमा पुटिनले पाइपलाइनको केही भाग चुहावटबाट प्रभावित नभएको सङ्केत गर्दै भने, “रूस आपूर्ति सुरु गर्न तयार छ । बल ईयूको कोर्टमा छ । यदि उनीहरू चाहन्छन् भने, पाइपका टुटीहरू चालू गर्न सकिन्छ ।” एएफपी