टेक्ससको ह्युस्टनस्थित नेपालीहरुको संस्था गुल्मी समाज, ह्युस्टनले नयाँ नेतृत्व पाएको छ। नेपालमा गुल्मी जिल्ला़ घर भएका र हाल ह्युस्टनमा बसोबास गरिरहेका नेपालीहरुको संस्थाले स्थानीय पशुपति मन्दिरमा हिजो आइतवार आयोजना गरेको पाँचौं साधारण सभाबाट लक्ष्मण भण्डारीको नेतृत्वमा १५ सदस्यीय कार्समिति चुनेको हो। सर्वसम्मतिमा चुनिएको नयाँ कार्यसमितिमा रामकृष्ण सापकोटा उपाध्यक्ष र हरि न्यौपाने सचिव चयन भएकाछन्।…