मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सुडान झडपमा मृत्यु हुनेको सङ्ख्या १७४ पुग्यो, सबै नेपाली सुरक्षित

सुडान झडपमा मृत्यु हुनेको सङ्ख्या १७४ पुग्यो, सबै नेपाली सुरक्षित

SUDAN-CONFLICT

शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

खार्तूम । अफ्रिकी मुलुक सुडानमा सुडानी सेना र र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ)बीच जारी झडपमा परी मृत्यु हुनेको सङ्ख्या १७४ पुगेको छ भने एक हजार आठ सय व्यक्ति घाइते भएका सुडानी चिकित्सकहरूको गैरसरकारी केन्द्रीय समितिले बुधबार जनाएको छ ।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युद्धविरामको घोषणा गरिए पनि मङ्गलबार भएको झडपमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ । सुडानको राजधानी खार्तूमको मध्य भागमा रहेको सेनाको जनरल कमाण्ड नजिकै बुधबार पनि हिंसात्मक विष्फोट हुँदा झडप जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सुडानी सेनाले आरएसएफको नयाँ आक्रमणको प्रतिकार गरिरहेको बुधबार पुष्टि गरेको छ । सुडानी सेनाका प्रवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शत्रुले ठूलो जनधनको क्षति बेहोर्नुका साथै थुप्रै लडाकू सवारी साधन नष्ट गरेको छ ।”

प्रत्यक्षदर्शीका अनुसार खार्तूम विमानस्थलमा इन्धन ट्याङ्की विस्फोट हुँदा ठूलो धुवाँको मुस्लोले ढाकेको थियो । खार्तूमको उत्तरमा रहेको कफौरी क्षेत्रमा रहेको आरएसएफ क्याम्पमा बुधबार बिहान पनि हिंसात्मक झडप भएको थियो ।

दुवै पक्षले मङ्गलबार अन्तर्राष्ट्रिय पक्षले प्रस्ताव गरेको २४ घन्टे मानवीय युद्धविरामका लागि प्रतिबद्धता जनाए पनि देशमा अझै पनि लडाइँ जारी छ ।

सुडानमा गत अप्रिल १५ देखि खार्तूम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीच सशस्त्र झडप भइरहेको छ र दुवै पक्षले एकअर्कालाई द्वन्द्व सुरु गरेको आरोप लगाउँदै आएका छन् ।

सबै नेपाली सुरक्षाकर्मी सकुशल

अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन् । त्यहाँ नेपाली सेनाका दुई, नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरी बलका एक जना स्टाफ कार्यरत रहेकामा सबै जना सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् । सिन्ह्वा

शेयर गर्नुहोस:

216
Shares