मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

नयाँदिल्ली । भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

त्यसैगरी १४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेकोले सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन् । विहारको राजधानी पटनाबाट एक सय ५१ किलोमिटर उत्तरमा रहेको पूर्वी चम्पारण (मोतिहारी) जिल्लामा शनिबार सो घटना घटेको हो ।

मोतिहारीका वरिष्ठ प्रहरी अधिकारी कन्तेशकुमार मिश्रले दिएको जानकारीअनुसार पाँच स्टेशन हाउस अफिसर र विभिन्न प्रहरी थानाका नौ गाउँ हेरालु र वार्ड कर्मचारीहरू निलम्बन गरिएको छ ।

प्रहरीले छापा मार्ने क्रममा हालसम्म एक सय आठ जनालाई पक्राउ गरेको छ भने छ हजार लिटरभन्दा बढी मदिरा बरामद गरेको छ ।

यसैबीच, विहारका मुख्यमन्त्री नितिश कुमारले सोमबार पीडित परिवारलाई चार हजार आठ ८१ अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेका छन् । विषाक्त मदिराको सेवनबाट भारतमा प्रायः यस्ता घटना हुने गरेको पाइन्छ ।

शेयर गर्नुहोस:

27
Shares