निर्वाचन आचारसंहिता पालना गर्न प्रजिअ लुइँटेलको निर्देशन

जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष तथा धाँधलीरहित बनाउनका लागि निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न सरोकार भएका सबैलाई निर्देशन दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाद्वारा जनकपुरधाममा आयोजित निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन आचारसंहिताको पालना नगर्नेलाई कानुनबमोजिम कारबाही गरिने…