मुख्य समाचार

आयोगद्वारा लामिछानेसहित १६ सांसदलाई अनुसन्धान गर्न सिफारिस

आयोगद्वारा लामिछानेसहित १६ सांसदलाई अनुसन्धान गर्न सिफारिस


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १६ जना सांसदलाई अनुसन्धान गर्न सिफारिस गरेको छ ।

बुत्रबार सार्वजनिक गरिएको आयोगको प्रतिवेदनले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा उनीहरुको भूमिकामाथि अनुसन्धान गरेर कारबाही गर्न सिफारिस गरेको हो ।

Advertisement

आयोगले जेनजी आन्दोलनकाक्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा संलग्नता रहेको किटान गर्दै सभापति लामिछाने, नख्खु कारागार उनलाई लिन पुगेका रास्वपाकै सांसदहरू मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिस गरेको छ ।

यस्तै रास्वपाका अन्य सांसदहरुमा गणेश कार्की, पुरुषोत्तम यादव, सुलभ खरेल, बब्लु गुप्ता, कृष्णकुमार कार्की, डा. तोषिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, ज्वाला संगौला, सुधन गुरुङ ,आशिका तामाङ र सोम शर्मा रहेका छन् ।

कारबाहीको प्रक्रिया भने प्रहरीको अनुसन्धान र सरकारी वकिलको अभियोजन कस्तो हुन्छ,त्यसैको आधारमा अगाडि बढ्नेछ । साथै अदालतले प्रमाणहरुलाई कसरी व्याख्या गर्छ भन्नेमा पनि निर्भर रहनेछ ।