काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा काठमाडौं जिल्ला अदालतमा अन्तिम चरणमा पुगेको छ । उक्त मुद्दामा बुधबार सुनुवाइ नसकिएपछि न्यायाधीश तेजबहादुर खड्काको इजलासले निरन्तर सुनुवाइ गरी चाँडो टुंगोमा पुर्याउन ‘हेर्दाहेर्दै’ अवस्थामा राखेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकालगायत विभिन्न देशमा पठाउन तत्कालीन मन्त्री, उच्च राजनीतिक नेतृत्वदेखि कर्मचारीसम्मको गठजोड देखिएको दाबीसहित चारवटा…